२५, मंसिर ओखलढुंगा । ‘नो भोट’ नारा सहित स्थानीय तह र प्रदेश, प्रतिनिधिसभा चुनाव वहिष्कार गरेका सोलुखुम्बुको तिङलावासीसँग नवनिर्वाचित प्रतिनिधिहरुले माग पूरा गराउने वचन दिएका छन् । निर्वाचित भए लगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुले उनीहरुको माग पूरा गराउने वचन दिएका हुन् ।

सांसदहरुले अन्तरक्रियामा तिङलावासीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाका लागि निर्वाचित सांसद हेमकुमार राई र प्रदेशसभा सदस्यहरु बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत छलफलमा रहभागी भए ।

उक्त अन्तक्रियामा बोल्दै नवनिर्वाचित पदाधिकारीहरुले तिङलाको समस्या समाधान गर्न नयाँ बन्ने सरकारमा सोलुखुम्बुको पहिलो माग रहने बताए ।

‘उहाँहरुको समस्या समाधान हुने र न्याय मिल्ने गरि नै हामी पहल गर्नेछौँ ।’ प्रतिनिधिसभा सदस्य हेमकुमार राईले भने- ‘तिङलाको विद्रोहको हामी सम्मान गर्छौँ ।’ तिङलाबासीले समेत आफ्ना माग पूरा भएमा आगामी चुनावहरुमा सहभागी हुने बताएका छन् ।

कांग्रेसको पकड क्षेत्र मानिने तिङलाले चुनाव वहिष्कार गरेपछि स्थानीय तहको निर्वाचनमा समेत एमाले उम्मेद्वार विजयी भएका थिए । प्रतिनिधि र प्रदेशसभामा पनि यस क्षेत्रमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
-online khabar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय