काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सरकारले सार्वजनिक विदा दिएको भन्दै अविलम्ब सो विदा फिर्ता लिन सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष जगत बरामले मंगलबार प्रेस विज्ञप्ती जारी गरी शाहको जन्मजयन्तीको अवसरमा दिइएको विदा फिर्ता लिन माग गरेका हुन् ।
सरकारले राष्ट्रिय एकता दिवसको रुपमा शाहको जन्मजयन्ती मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तर शाह राष्ट्रिय एकताको प्रतिक हुन नसक्ने महासंघको जिकिर छ ।

‘आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हक अधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशीकरणको शैलीमा राज्य विस्तार गर्ने व्यक्तिको जन्म दिनलाई तथाकथित राज्य एकीकरणको पगरी गुठाउदै सरकारले सार्वजनिक विदा दिएकोप्रति घोर भत्र्सना गर्दै सो निर्णय अबिलम्ब फिर्ता लिन महासंघ जोडदार माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘पुस २७ गतेका दिन नेपालका आदिवासी जनताको स्वशासनलगायत सबै मूल्य र मान्यतालाई समाप्त पार्दै नीतिगत र संरचनागत रुपमले दमन, शोषण, उत्पीडन र विभेदको गज बसाल्ने व्यक्तिको विरोधको रुपमा कार्यक्रम गर्न महासंघआवद्ध सम्पूर्ण जातीय संगठनहरुलाई विशेष आग्रहसहित जानकारी गराउदछौ ।’

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय