काठमाडौं, असोज १६ । माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारको टुङ्गो लगाउन उम्मेदवार सिफारिस समितीको बैठक बसिरहेको छ ।

कोटेश्वरको पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकले प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनको समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको टुङ्गो लगाउनेछ

रामबहादुर थापा संयोजकत्वको सिफारिस समितिले तल्लो तहका कमिटिबाट सिफारिस भएर आएका उम्मेदवारको नामहरुको टुङ्गो लगाउने तयारी गरेको छ । पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार तल्लो कमिटिबाट सर्वसम्मत रुपमा सिफारिस भएका उम्मेदवारको नाममा निर्णय गरिनेछ ।
एक भन्दा बढी उम्मेद्वारको सिफारिस भएको स्थानमा भने उम्मेद्वार सिफारिस समितिले टुङ्गो लगाउने प्रवक्ता भुसालले बताउनुभयो । माओवादी केन्द्रले मंसिर १० र २१ गतेको लागि तय प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार छनोट गर्न रामबहादुर थापा संयोजकत्वको उम्मेदवार सिफारिस समिति गठन गरेको थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्षस्त नेताहरुको समेत उपस्थित रहनेछ ।
श्रोत इकान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय