काठमाडौं, कार्तिक ९ । राज्यका सबै निकायमा महिलालाई समान अवसर दिने नीति भएपनि प्रमुख दलहरु महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेद्वार बनाउने मामिलामा अनुदार देखिएका छन् ।
आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दलहरुको महिला उम्मेद्वारी हेर्दा राजनीतिमा महिलालाइई समान अवसर भन्ने कुरा नारामै सिमित भएको छ ।
संविधानले संसदमा ३३ प्रतिशत महिला सिट सुनिश्चित गरेको छ । तर पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३७ सिटमा ठूला तीन दल मध्ये कांग्रेसले दुई र माओवादी केन्द्रले १ गरि जम्मा तीन जना महिलालाई उम्मेद्वार बनाएका छन् । एमालेले पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा कुनैपनि महिलालाई उम्मेदवार बनाएन् । प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि महिला उम्मेदवारी निक्कै कम छ । दलका नेताहरु भने बोलेजस्तो व्यवहारमा नहुने बताउँछन ।

दलहरुले समानुपातिक तर्फ पनि क्षमता र योग्यता भन्दा आफु निकट गुट र पहुँचमा भएका महिलालाई मात्रै उम्मेदवार बनाएको आरोप लागेको थियो । महिलाहरुलाई उम्मेदवार बनाउन दलहरुले कन्जुस्याई गरेको आरोप लागिरहँदा नेताहरु भने दोस्रो चरणको चुनावमा महिला उम्मेद्धवार बढाउने दावी गर्छन् ।

पार्टीको निर्णायक तहमा प्रतिनिधित्व हुन नसक्दा महिला नेतृत्वको प्राथमिकतामा आफूहरु नपरेको महिला नेतृहरुको भनाई छ । दलहरुले सिद्धान्तमा जे भने पनि महिलाहरुलाई नेतृत्व दिन भने अनुदार देखिएका छन् ।
श्रोत इकान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय