काठमाडाैं- प्रदेश १ काे पहिलाे बैठकमा साेलुखुम्बुबाट निर्वाचित सांसद बुद्धिकुमार राजभण्डारीले शेर्पा समुदायकाे पहिचानसँग जाेडिएकाे बक्खु लगाएर सहभागी भए । उनी नेवार समुदायका हुन् । उनले हरेक पटक अलगअलग जाति र समुदायकाे पाेशाक लगाएर संसद बैठकमा सहभागी हुने घाेषणा गरेका छन् । राजभण्डारीकाे याे अभियानपछि संघीय समाजवादी फाेरम नेपालका नेता लाक्पा शेर्पाले उनलार्इ बधाइ दिनका साथै थप सचेत गराएका छन् सामाजिक सञ्जाल फेसबुकमार्फत ।
प्रस्तुत छ शेर्पाकाे सार्वजनिक पत्र जस्ताकाे तस्तै ।
मा. बुद्धिकुमार राजभण्डारीज्यू , जाेजाेलाेप्पा/टाशीदेले
चुनावी अभियानकाे क्रममा तपाईंले कवाेल गर्नु भएकाे, शेर्पाको बक्खु लगाएर प्रदेश सभाकाे पहिलाे बैठक जाने कुरा पुरा गर्नु भएकाेमा यहाँलाई धन्यवाद छ । एउटा संसदले बाेलेकाे कुरा पुरा गर्दा निक्कै खुशी लाग्दाे रहेछ । किनकि अक्सर सांसद चुनावी अभियानमा जित्नकाे लागी खाली बाेल्छन मात्र भन्ने परेर हाेला, तपाईंले चुनाबी अभियानका क्रममा बाेलेका कयौं कुरा मध्येका एउटा कुरा पुरा हुदा पनि खुशी र अाशा दुबै लाग्दाे रहेछ ।

हामीले उठाउदै आएकाे पहिचान र अधिकारकाे कुरा तपाईंले लगाईरहेकाे शेर्पा जातीको माैलिक पहिचान बाेकेकाे बक्खुसंग मात्र पनि सम्बन्धित छैन । त्याे हिमालयन क्षेत्रमा थातथलाे खुलेका अन्य जातीय समुदायसंग पनि उतिकै सम्बन्धित छ । तपाईं त्यस क्षेत्रकाे निर्वाचित सांसद हुनुकाे नाताले,अाशा गराैं, उतिकै महत्त्व र जिम्मेवारी साथ कर्तव्यबोध गर्नुहुनेछ ।
अाज पहिचान र अधिकार काे पक्षमा अावाज उठाइरहेकाहरु तपाईंले अाफ्नाे नेवाःकाे माैलिक पहिचान बाेकेकाे पाेशाक पहिरिनु हुदा पनि उत्तिकै खुशी हुने थिए । जति अाज बक्खु लगाउनुमा भएका छन्

हाम्राे असहमतिकाे कुरा यति मात्र हाे,विगत लामाे समयदेखि राज्यपक्षबाट एकल संस्कृतिकाे संरक्षण र एकल जातीय प्रतिनिधित्वको कुरा मात्र गर्याे, उत्पीडित जाती समुदायका नेताहरू पनि राज्यको उहि चरित्रको पिछलग्गु भए ।अझ उल्टाे पहिचान र अधिकारका पक्षमा भएका अान्दोलनहरुकाे अपब्यख्य गर्नतिर लागे ।

तपाईंले प्रदेश सभाकाे बैठकमा, बाहिरि रुपमा भए पनि एउटा छनक दिन भयाे तपाईंलाई धन्यवाद छ । हुन त भेषभूषा संस्कृतिकाे बाहिरी रुप हाे । बाहिरी रुप त धेरैकाे देखिसकियाे पनि । जबसम्म देशका विविध संस्कृतिलाई राज्यकाे बागडोर सम्हालेकाहरुले हृदयकाे अन्तस्मकरणबाटै स्वीकार्न सक्दैन । समस्या ज्यूकातिउ रहनेछ भन्ने पनि हेक्का राखाै। जे हाेस तपाईंको सुरुवात सकरात्मक छ । शुभकामना ।
-sarbajanik news

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय