हिमाली सन्देश काठमाडौं। एमालेले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका पछिल्लो निर्णयहरुको आलोचना गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान, कानुन र राष्ट्र हित विपरितका निर्णयहरु नयाँ सरकारले अस्वीकार गर्ने समेत बताएका छन् । उनले कामचलाउ सरकारले देशलाई कंगाल बनाउन खोजेको आरोप समेत लगाएका छन् ।
देउवा सरकार संविधानको गलत ब्याख्या टिकेको भन्दै एमाले अध्यक्ष ओलीले जाने बेलामा जथाभावी निर्णय गरेर देश र अर्थतन्त्रलाई नै संकटमा पार्न खोजेको आरोप लगाए ।
६५ बर्षमा नै वृद्धभत्ता दिने सरकारको निर्णयको विरोध गर्दै ओलीले भने, ‘अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनी वैशमै वृद्धभत्ता खाने हो ?’ नयाँ कर्मचारी भर्ना गर्नु पर्ने बेलामा ६० अर्ब खर्च गरेर भएका कर्मचारीको स्वच्छिक अवकास दिन खोजिएको भन्दै उनले यसको पनि विरोध गरेका हुन् ।
सरकारले बजेट ल्याएको हो कि नीति तथा कार्यक्रम ल्याएको हो भन्दै ओलीले भने, ‘कि पैसा राख्ने ठाउँ नभएर हल्का गरौं भनेर वितरण गरेको हो ?’
नयाँ कर्मचारी भर्ना गर्नु पर्ने बेलामा ६० अर्ब खर्च गरेर भएका कर्मचारीको स्वच्छिक अवकास दिन खोजिएको भन्दै उनले यसको पनि विरोध गरे ।
६५ बर्षमा नै बृद्धभत्ता दिने सरकारको निर्णयको विरोध गर्दै ओलीले भने, ‘अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनि बैंशमै वृद्धभत्ता खाने हो ?’ ओलीले प्रश्न गरे ।
source by himalayantimes