लिस्बोन- परम्परागत रुपमा बौैद्धमार्गी शेर्पाहरुले मनाउदै आईरहेको ग्याल्पो लोसारलाई पोर्तुगलमा भव्यताका साथ मनाउन शेर्पा एशोसियशन पोर्तुगल र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलले व्यापक तयारी थालेका छन् । पोर्तुगलको राजधानी लिस्बोनमा आगामी मार्च १२ तारीख दुवै संस्थाले संयुक्त रुपमा एक वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेर ग्याल्पो लोसार मनाउदै छन । सन २००९ मा शेर्पा किदुग पोर्तुगलको रुपमा स्थापना भएर हालै शेर्पा एशोसियशन पोर्तुगलमा रुपान्तरण भएको शेर्पा एशोसियशन पोर्तुगल र हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको पोर्तुगल प्रवास शाखाको रुपमा केही समय अगाडी गठन भएको हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलले पहिलो पटक संयुक्त रुपमा लोसार कार्यक्रम आयोजना गर्दै छन । कार्यक्रमको मूल व्यवस्थापन शेर्पा एशोसियशन पोर्तुगलले गर्ने र सांस्कृतिक कार्यक्रमको संयोजन हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलले गर्ने गरी संयुक्त लोसार कार्यक्रम आयोजना गर्न लागेको शेर्पा एशोसियशन पोर्तुगलका महासचिव रिञ्जी लामा शेर्पाले बताए । कार्यक्रममा शेर्पा लगायत पोर्तुगलमा रहेका विभिन्न नेपाली आदिवासी समूदायहरुको मौलिक सांस्कृतिक झाँकीहरु सहित हिमलायन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलको पुर्ण सांस्कृतिक प्याकेज महत्वपूर्ण रहनेछन । विगतका बर्षहरुमा आयोजना हुने कार्यक्रमहरु भन्दा केही नयाँपन र फरक शैलीमा यस बर्षको कार्यक्रम प्रस्तुत हुने लक्ष्य राखेको सो सांस्कृतिक कार्यक्रमका लागि न्यूयोर्क अमेरिकाबाट वरिष्ठ गायक टुङना देण्डी शेर्पा, स्पेनबाट गायीका पेम्बा छोटी शेर्पा, हाल यूरोप भ्रमणमा रहेका गायक ए.पी. शेर्पा र सोनाम कोसिश शेर्पा आउने तथा स्थानीय कलाकारहरु छेसाङ लामा र रामबाबु योञ्जनको समेत बेजोड प्रस्तुतिहरु रहने आयोजकहरुले बताएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय