शेर्पा किदुग मलेसिया

मलेसिया  । यहाँ २१४४ औं मे मो च्याल्हो ग्याल्पो ल्होसार मनाइएको छ । शेर्पा किदुग मलेसियाको आयोजनामा ग्याल्पो लोसार आयोजना गरिएको हो ।
कार्यक्रममा रोजगारीका शिलशिलामा यहाँ रहेका शेर्पा र बौद्धमार्गीहरुको वाक्लो उपस्थिती थिए । ग्याल्पो लोसारको तिथि ठ्याक्कै नपर्ने भएपनि चिनीयाँ नयाँ बर्षको लामो छुट्टीको अवसरलाई सदुपयोग गर्दै लोसार मनाइएको किदुगका अध्यक्ष ङावाङ नुृरी शेर्पाले जानकारी दिए । वैदेशिक रोजगारीका लागि प्रवासमै भएपनि आफ्नो भाषा, धर्म, संस्कृती, परम्परागत रितीथितीलाई जिवित राख्दै विश्व सामु चिनाउन लोसार लगायतका कार्यक्रम आयोजना गर्दै आएको सचिव मिङमा शेर्पा पंकर्माले शेर्पाखबरलाई जानकारी दिए । शुभकामना आदनप्रदान सहित आयोजना गरिएको लोसार सांस्कृतीक कार्यक्रममा चर्चित गायक मिङमा शेर्पा, गम्बु शेर्पा नबोधित गायक छिरिङ शेर्पाले आफ्नो प्रस्तुती दिए । त्यस्तै, स्थानीय कलाकारहरुले शेर्पा जातीको ऐतिहासिक जातिय पहिचान झल्काउने श्याब्रु नृत्य प्रस्तुत गरेका थिए ।
सिन्धुपाल्चोकका बौद्ध विद्धान आचार्य कर्मा रिन्जेन शेर्पाको प्रमुख आतिथ्यमा भएको लोसार कार्यक्रममा नेपालबाट आएका कलाकार र लोसार कार्यक्रम सफल पार्न सहयोगी भूमिकामा रहेकाहरुलाई सम्मान पत्र प्रदान गरेको शेर्पाखबरकर्मी मिङमार शेर्पाले जानकारी दिए ।

 

https://www.facebook.com/mingmapangkarma.com.np/videos/1783214705337928/

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय