मुस्ताङ कात्तिक ६ । मसिंर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार उम्मेदारी दर्ता गराएसगैँ चुनाबी चहलपहल बढेको छ ।
प्रदेश ४ अन्तरगत मुस्ताङ जिल्लाबाट समाजसेवी, राजनितिमा आवद्द रहेका छिरीङ दावा गुरुङले प्रत्यक्ष तर्फबाट उम्मेदारी दर्ता गराएका छन । उनले नेपाली काग्रेसबाट उम्मेदारी दिएका हुन ।

मुस्ताङ जिल्लामा मुक्तिनाथमा जन्मेका छिरीङ दावा गुरुङले २२ बर्षको उमेरमा प्रधान पञ्च भइ कार्यभार समालेका थिए भने पछि उपसभापतिको रुपमा काम गरेका थिए । उहाँ कै पहलमा निजी क्षेत्रबाट नेपालमा जलविद्युतमा लगानी सुरु भएको थियो भने मुक्तिनाथमा बिजुली उत्पादन गरेका थिए ।

हाल समाज सेवामा आवद्ध हुदै आएको गुरुङले प्रत्यक्ष तर्फबाट उम्मेदारी घोषणा गरि चुनावी मैदानमा उत्रेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय