
युकेभर रहेका युकेका शेर्पाहरुले भब्यरूपमा ग्याल्पेा ल्हेासार मनाएका छन् ।कार्यक्रम श्री रिन्जी लामा शेर्पाको संयोजकत्वमा आयोजकहरु डाक्टर ङवाङ शेर्पा, काजी शेर्पा, सोनम शर्पा र श्रीमती माया शेर्पा ओङछु शेर्पाले आयोजनमा सम्पन्न भएको थियो ।
शेर्पा एशोसियसन युकेले आयोजना गरेको कार्यक्रममा युकेभर रहेका शेर्पा तथा पाहुनाहरुको बाक्लो उपस्थिती थियो , भने उपस्थिति स्थानीय शेर्पा हरुले आकार्षक शेर्पा नृत्य, राफल ड्र लगायतको मनोरन्जनात्मक कार्यक्रमहरु गरेर भरपुर मनोरन्जन गराएका थिए ।
ग्याल्पो लोसार सिंगो नेपालको राष्ट्रिय चार्ड भएकोले सबैलाई नेपाल सरकार तथा नेपाली दुतावास लण्डनको तर्फबाट प्रमुख अतिथि महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदीले शुभ कामना ब्यक्त गर्नुभयो । त्यस्तैगरि विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्यालले एसोशियसनका आजीवन सदस्य तथा योगदान दिनुहुने महानुभावहरुलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
अत्यन्तै ब्यवस्थित रहेको समारोहमा मौलिक शेर्पा सांस्कृतिक कार्यक्रम लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुतीका साथ नयाँ बर्षको शुभ कामना आदानप्रदान गरिएको थियो । समारोहका अध्यक्ष साना शेर्पाले परम्परागत अत्यन्तै पवित्र खदालाई एनआरएन लगायत संघसंगठनले षडयन्त्रमुलक ढङ्गबाट गलत विश्लेषण गरेकोमा आपत्ति ब्यक्त गर्नुभयो । वहाले सहभागि तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
संगका अध्यक्ष साना शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव योन्तेन ग्याछे शेर्पाले संचालन गर्नुभएको युके बाट अ।ङ सेानाम शेर्पाले जानकारी दिनुभएकेा छ ।