हिमाली सन्देश १५ कात्तिक नेकपा एमालेको तर्फबाट सोलुखुम्बुको प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले शेर्पाहरु अधिनायकबादि हुने जिकिर गर्नुभएको छ । बामगठबन्धनको तर्फबाट काठमाण्डौमा आयोजित एक कार्यक्रममा उम्मेदवार राजभण्डारीले सोलुका शेर्पाहरु अधिनायकबाद तर्फ उन्मुख भएको संकेत गर्दै काँग्रेस उम्मेदवार आङगेलु शेर्पाले चुनाव जिते शेर्पा अधिनायकबादको जन्म हुने दाबी गर्नु भयो ।

आफ्ना चुनावी प्रतिश्पर्धि शेर्पा नै भएकाले सिंगो शेर्पा समुदाय अधिनायकबादको दिशामा हिँडेको उहाँको आरोप छ । सबै भन्दा बढी शेर्पा मतदाता रहेको यस क्षेत्रमा शेर्पासँगै चुनावी दौडमा होमिएका राजभण्डारीले उक्त समुदायप्रति शंका ब्यक्त गर्नुभएको थियो ।

मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अभियानको क्रममा कुनै पनि उम्मेदवारले कुनै जातिय समुदायप्रति यो प्रकारको आरोप लगाएको पहिलो घटना हो । यो सँगै चुनावी अभियानमा जातिय द्वेषको संभावना बढेको छ  भनी हिमाल एफ एम सोलुखुम्बूले अनलाइन मार्फ़त समाचार प्रकाशान गरेको छ ।

सोर्स: हिमाल एफ एम,
सोलुखुम्बु, १५ कात्तिक

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय