
लोसार सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न काठमाडौँ, फाल्गुन ७ । पत्रकारीता क्षेत्रमा शेर्पा युवाहरुको व्यापक सहभागीता मुल नाराका साथ शेर्पा किदुक युएईको सहयोगमा शेर्पा संचार समुह नेपालले संचालन गरेको १० दिने उद्घोषण तालिम एव लोसार सुभकामना आदन प्रदान कार्यक्रम संचारको कार्यलय बौद्ध टुसालमा सम्पन्न भएको छ । गत माघ २५ गतेबाट सुरु भएको दोस्रो शेर्पा भाषामा उद्घोषण तालिम हिजो शुक्रवार सम्पन्न भएको थियो । तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेका थिए भने प्रशिक्षण हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पाले दिनु भएको थियो । शेर्पा भाषामा उद्घोषण तालिम दिने पहिलो शेर्पा युवा सेर्कु शेर्पा रहेका छन । प्रशिक्षक सेर्कु शेर्पाले शेर्पा युवाहरुले पनि ठाउँ पाए भाषा, कला, सांस्कृतिको संरक्षण अभियानमा सरिक हुन सक्ने भन्दै अवको परिर्वनत युवा जमातले ल्याउन सक्ने बताउनुभयो । उहाँले शेर्पा युवाहरु भाषा कला संस्कृति संरक्षण गर्नुपर्छ भनी लागेकोमा गर्व गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले संस्थाले बार्षिक रुपमा तालिमहरु संचालन गर्दै आए पनि तालिम दिए अनुसारको शेर्पाहरु संचार माध्यममा आउन नसकेको बताउनु भयो । उहाँले तालिम लिएपछि त्यसलाई व्यावहारमा पनि उर्तान सक्नुपर्ने बताउनुभयो । १० दिने शेर्पा भाषामा उद्घोषण तालिम समापन समारोहको अवसर पारि प्रशिक्षर्थी , निञ्मा मोलममा स्वायम सेवकको भुमिका निभाएका संचारका पदधिकारी र नयाँ कार्यसमितिलाई प्रमाण पत्र प्रमुख अतिथि डण्ड गुरुङले प्रदान गर्नु भएको थियो ।
संस्थाले पत्रकारीता क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागीता गराउन र प्रेरणा दिन बार्षिक रुपमा तालिमहरु आयोजना गर्दै आएको महासचिव निमलेकी शेर्पाले खवरविहानी अनलाईनलाई जानकारी दिनुभयो ।
लोसार सुभकामना तथा जलपान कार्यक्रम सम्पन्न
नजिकिदै गरेको हिमाली आदिवासी जनजाती शेर्पा समुदायको राष्ट्रिय पर्व नया वर्ष मे मो च्या लो २१४४ ग्याल्पो लोसारको अवसरमा शेर्पा संचार समुह नेपालले सुभकामना आदन प्रदान तथा जलपान कार्यक्रम आयोजना गरेको थियो ।
आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङको प्रमुख आतिथ्यिमा कार्यक्रम सम्पन्न भएको थियो भने आठ जातिय पत्रकार संस्था ( राई, लिम्बु, गुरुङ, तामाङ, थारु,मगर, नेवार) का अध्यक्ष तथा प्रतिनिधि र शेर्पा समुदायमा रहेका संघसस्था र किदुकका प्रतिनिधिहरु सहभागी भएका थिए