काठमाडौं, असोज ३० । संविधान जारी गरी कार्यान्वयनको महत्त्वपूर्ण चरण पार गरेको नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्रको भाडाको भवनमै संघीय संसद (प्रतिनिधिसभा) र राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।
आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभाको बैठक पनि सोही भवनमा सञ्चालनको तयारी सुरु भएको छ ।
सरकारले प्रदेशसभाको बैठक बस्ने स्थान, भवन र प्रदेश प्रमुख यकिन गर्न नसके पनि व्यवस्थापिका–संसद् सचिवालयले भने आगामी संघीय संसद्को बैठक सम्मेलन केन्द्रको भाडाकै भवनबाट सञ्चालनको तयारी थालेको हो ।
संसदको छुट्टै भवन बन्न नसक्दा प्रतिनिधिसभा र राष्ट्रिय दुवै बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै बस्ने भएको हो । संसदको अन्तिम बैठकमा संबोधन गर्दै सभामुख ओनसरी घर्तीले आफूले भाडाको भवनबाट मुक्त गराउन गरेको पहल सफल हुन नसकेको बताएकी थिइन् ।
श्रोत अनलाइन खबर