माघ १४/दक्षिण काेरिया
साेलुखुम्बु शेर्पा समाज दक्षिण कोरियाले शेर्पाहरुकाे मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो लोसार विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
ग्याल्बो लोसार आउने समय बाँकी भएपनि व्यापक सहभागिता र उत्लासपूर्ण रुपमा कार्यक्रम सफल बनाउन व्यापक प्रचार तथा तयारी अन्तिम चरणमा पुगेकाे बताएकाे छ ।आयाेजकले लोसार कार्यक्रममा नेपालबाट चर्चित डिजे छेवांग आमन्त्रण गर्ने भएको छ ।
लोसारको शुभकामना आदानप्रदानका साथमा शेर्पा समुदायको भाषा, कला, संस्कृतीलाई प्रवासमा समेत व्यापक बनाई विश्वभर चिनाउन कार्यक्रम आयोजना गरिएको जनाएको छ । ग्याल्बो लोसारको महत्व, यसको विशेषता र रोजगारीको क्रममा प्रवासमा रहेका शेर्पाहरुवीच आपसी भातृत्व, चिनजान गराउने कार्यक्रमको मूख्य ध्येय रहेको समाजका सल्लाहकार गेल्बु शेर्पाले बताए । कार्यक्रमलाई सहभागि भइ सफल बनाइ दिन समेत शेर्पाले आह्वान गर्नुभएकाे छ ।
कार्यक्रम सौल स्थित एक रेष्टुरामा जनवरी २७ तारिक साँझ ६ देखि बिहान ६ बजेसम्म हुने जनाएको छ । लोसार विशेष कार्यक्रममा स्थानीय कलाकारहरुको समेत वेजोड प्रस्तुती रहने समेत आयोजकले जनाएको छ ।