Advertisement


२७ मंसिर – समानुपातिकतर्फ सोलुखुम्बुमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधी सभा र दुवै प्रदेश सभामा पराजित भएपनि कांग्रेसले समानुपातिकतर्फ बढी मत प्राप्त गरेको हो । खसेको ४१ हजार ४ सय २० मतमध्ये कांग्रेसले १५ हजार १ सय ४८ मत प्राप्त गरेको छ । यो नेकपा एमालेले प्राप्त गरेको मत भन्दा ३ हजार ८२ ले बढी हो ।

नेकपा एमाले १२ हजार ६६ मत प्राप्त गरेर सोलुखुम्बुमा समानुपातिकतर्फ दोश्रो मत प्राप्त गर्ने दल बनेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ७ हजार ६ सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय ८५ र नयाँ शक्ति पार्टी नेपालले ३ सय ७६ मत प्राप्त गरेको छ ।

प्रदेश सभातर्फ पनि नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरको छ । प्रदेश सभातर्फ कांग्रेसले १३ हजार ४ सय ४७ मत प्राप्त गर्दा एमालेले १० हजार ४ सय ४८ मत प्राप्त गर्यो । नेकपा माओवादी केन्द्रले ८ हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५ सय ५५ र नयाँ शक्ति पार्टी नेपालले ४ सय ६ मत प्राप्त गरेको छ ।

समानुपातिकतर्फ प्रतिनिधी सभामा खसेको कुल मतमध्ये ४ हजार ६ सय ४९ र प्रदेश सभातर्फ ६ हजार ७ सय ६३ मत बदर भएको छ ।

समानुपातिकतर्फ सोलुखुम्बुवाट प्रतिनिधी सभामा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा, नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा कज्र्याङ, सुनिता किराती, आङ दावा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल किराती र प्रदेश सभातर्फ नेपाली कांग्रेसकी डोल्मा तामाङ चर्चामा रहेकाछन् ।

-solukhumbu samachar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय