काठमाडौं,असोज १५ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसंग तालमेल गर्ने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनमा सहभागि हुने बिषयमा बिग्रिएको सम्बन्धलाई सुधार गर्दै राजपाले आउँदो निर्वाचनमा संघीय समाजवादी फोरमसंग चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको हो ।

तेस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको मतपरिणामको समीक्षा गर्दै राजपा नेपालले प्रदेश नम्बर दुईको स्थानीय निर्वाचनमा दोस्रो स्थान हासिल गरेको संघीय समाजवादी फोरमलाई पहिलो प्राथमिकतामा राख्दै अन्य दलसंग तालमेल गरेर अघि बढ्ने निष्कर्शमा पुगेको नेताहरुले बताएका छन् ।
दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनका अधिकांश स्थानमा दुई पार्टीबीच नै मुख्य प्रतिस्पर्धा देखिएकाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्न लागिएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले बताउनुभयो । राजपाले आगामी चुनावमा तालमेलका लागि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई औपचारिक प्रस्ताव समेत पठाएको छ ।
तेस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको राजपाको राजनीतिक समितिको बैठकले समेत आगामी चुनावमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसंग चुनावी तालमेल गर्नुपर्ने निर्णय गरेको थियो ।
श्रोत इकान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय