कोशी खारेज समर्थन टिम, जापानले ईलाम क्षेत्र न. २ को उप- निर्वाचनमा कोशी खारेजी आन्दोलन संयुक्त संघर्ष समिति पहिचानबादीहरुको तर्फबाट साझा उम्मेद्वार डकेन्द्रसिं थेगिमलाई चुनाव प्रचार- प्रसार लगायतमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गर्ने निर्णय गरेको छ ।
कोशी खारेज समर्थन टिम, जापानको आयोजनामा मार्च १७ तारिख आईतवार समर्थन टिमका संयोजक संजिव राईको संयोजकत्वमा बसेको जुम भर्चुअल बैठकले यहि मिति २०२४ मार्च ३० तारिक शनिवार बेलुकी ७:०० बजेवाट ( कोशी खारेजी आन्दोलन र ईलाम २ को उपनिर्वाचन उपयोगिता ) बिषयमा जुम भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्नुका साथै स्वेच्छिक आर्थिक सहयोग गर्ने भएको हो ।
कोशी खारेजी आन्दोलनमा डकेन्द्रसिं थेगिमको योगदानको चर्चा गर्दै टिमका संयोजक संजिव राइले पहिचानको आन्दोलनको मुद्दा र जायज मागलाइ सम्बोधन गर्न थेगिमको बिकल्प नरहेको र प्रवासमा रहेका पहिचानबादीहरुलाइ निर्वाचन अभियानमा जुटाउन अन्तर्कृया कार्यक्रम र स्वेच्छिक सहयोग संकलन सुरु गरिएकोले जापान लगायत अन्य देशमा रहेका सबै पहिचानबादीहरु एक ढिक्का हुन अनुरोध गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो । उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ ।
निर्वाचन आयोगले वैशाख १५ गते शनिवार दुवै क्षेत्रमा उपनिर्वाचन गराउन लागेसंगै बिभिन्न राजनैतिक दलका उम्मेद्वारहरु अहिले चुनावी प्रचार प्रसारमा जुटिरहेका छन ।
थेगिम कोशी नामाकरण पहिचान पक्षधर आन्दोलनका संयोजकको रुपमा कृयाशिल हुदै आइरहेका छन ।