राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको संविधान परिमार्जन सम्बन्धी सुझाव संकलन गर्नका लागि एक कार्यदल गठन गरेको छ। पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

यो कार्यदलले देशका ७ वटै प्रदेशमा पुगेर विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला र आम नागरिकसँग छलफल गरी संविधान परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्नेछ। संकलित सुझावहरूको आधारमा पार्टीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नेछ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय