निम्लेकी शेर्पा काठमाडौ,४ फागुन
शेर्पा किदुक दोहा कतारद्धारा आफनो स्थापनासँगै मे मो च्या लो २१४४ ग्याल्पो लोसार तथा नया बर्षको अवसरमा साम्हिक रुपमा लोसार मनाउने भएका छन । कार्यक्रम फेब्रुवरी २४ तारिक शुक्रकारको दिन दोहा कतारको अल नकयान रेष्टुरेण्ट नाजममा आयोजना हुने आयोजकले जानकारी दिए ।
रोजगारीको शिलशिलामा दोहा कतारमा पुगेका शेर्पाहरुले भर्खरै स्थापना गरेको संस्थाले पहिलो पटक आयोजना गर्न लागेको हुँदा कार्यक्रमलाई सफल बनाउनका लागि कतारमा बसोबास गर्दै आएका सम्पूर्ण लोसार प्रेमी नेपालीहरु साथै संघसंस्थाहरुलाइ उपस्थितिका लागि अनुरोध गरेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2026 Afnai News सर्वाधिकार सुरक्षित





