
काठमाडौं, कार्तिक १ । यमपञ्चकको दोश्रो दिन आज कुकुर तिहार मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन आज घरमा सुरक्षा गर्ने कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा खानदिने चलन छ ।
इमान्दार तथा बफादार जन्तुका रुपमा परापूर्व कालदेखि परिचित कुकुरलाई बर्षमा एक पटक आजका दिन घरको रक्षक र यमदूतका रुपमा पुजा गर्ने चलन छ ।
कुकुरलाई आज्ञाकारी , गुनिलो र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । सत्ययुगमा धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको कुकुरको, मानव सभ्यतासंग घनिष्ठ सम्बन्ध रहेको धार्मिक विश्वास छ ।
श्रोत इकान्तिपुर