ओखलढुगां,मंसिर ११ । ओखलढुगांका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको छ । आठ वटा स्थानीय तह रहेको ओखलढुगांको दुर्गमका मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम आइसकेको मुख्य निर्बाचन अधिकृत कैलाश केसीले बताउनुभयो ।
नजिकका मतदान केन्द्रको मतपेटिकाहरु हिजै सदरमुकाम ल्याइएपनि अन्य टाढाका मतपेटिका भने आजसाँझसम्म गरेर सदरुमकाममा ल्याइसकेको मुख्य निर्बाचन अधिकृत केसीले जानकारी दिनुभयो ।
यातायात सुबिधा नपुगेका ओखलढुगांको लिखु र खिजीदेम्बा गाँउपालिकाको मतपेटिका बोकेर ल्याउनुपर्दा केही ढिलो भएको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । त्यस गाँउपालिकाको मतपेटिका सुरक्षा कर्मी र दलका प्रतिनिधिले बोकेर ल्याएका थिए ।
७८ मतदान स्थल र १ सय ४१ मतदान केन्द्र रहेको ओखलढुगांमा ४ सय २३ वटा मतपेटिका प्रयोग भएको छ । ती सबै सकुशल जिल्ला ल्याइएको र जिल्ला समन्वय समितिको सभाहलमा रुजु गरेर भण्डारण गरिएको छ ।