ओखलढुगां, मंसिर १० । आज सम्पन्न भएको निर्बाचनमा ओखलढुगांमा ६५ प्रतिशत मत खसेको छ । एक नगरपालिका सहित ७ गाँउपालिका रहेको ओखलढुगांमा ६५ प्रतिशत मत खसेको मुख्य निर्बाचन अधिकृत कैलाश केसीले बताउनुभयो ।
७८ मतदान स्थल, १ सय ४१ मतदान केन्द्र रहेको ओखलढुगांमा आज बिहान ७ बजेपछि सुरु भएको मतदान प्रक्रियामा त्यस्ता कूनै ठुला अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।
बिहान मतदानको समयमा सुनकोशी गाँउपालिकाको बलखुमा दलका कार्यकर्ताबिच भनाभनको स्थिती हुनबाहेक अन्य क्रियाकलाप नभएको प्रहरी प्रमुख अर्जुन तिमील्सीनाले बताउनुभयो ।

मतपेटिका ओसार्न हेलीकप्टरको प्रयोग नहुने ।

ओखलढुगांमा मतपेटिका ओसार्न हेलीकप्टरको प्रयोग नहुने बताइएको छ । मूख्य निर्बाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार हेलीकप्टर प्रयोग गर्ने सम्भाबना रनरहेको बताइएको छ । जिल्लामा मतपेटिका ओसार्न ६ ठाँउमा संकलन केन्द्र तोकिएको र सबै मतदान केन्द्रका मतपेटिका त्यही संकलन केन्द्रमा जम्मा पारेर जिल्ला ल्याउने जनाइएको छ ।
मुख्य निर्बाचन अधिकृत कैलाश केसीले नजिकका मतदान केन्द्रका मतपेटिका आजै जिल्ला ल्याउने र टाढाका सबै मतदान केन्द्रका मतपेटिका भोली साँझ सम्म जिल्ला आइपुग्ने बताउनुभयो ।
उहाँले मतपेटिका जिल्ला सम्नवय समितिको सभाहलमा राख्ने पनि जानकारी दिनुभयो ।
यसैबचि जिल्लाका टाढा मानिएका लिखु र सखजीदेम्बा गाँउपालिकाका तमपेटिकाहरु यतिबेला बाटोमा ल्याइदै गरेको जानकारी प्राप्त भएको छ ।
खिजीदेम्बा गाँउपालिकाका मतपेटिकाहरु श्रीचौरमा ल्याउने तयारी भैरहेको जानकारी प्राप्त भएका छन् ।
खिजीदेम्बा वडा नं ६ मा रहेको आदर्श प्राबि थारेको मतपेटिका पनि यतिबेला श्रीचौर ल्याँइदै गरेको त्यहाँबाट दलका प्रतिनिधि दावा शेर्पाले जानकारी दिनुभयो । त्यस मतदान केन्द्रमा १५ सय ४ मतदाता रहेकोमा ९ सय ४१ ले मात्रै मत हालेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय