Advertisement


ओखलढुगा, मंसिर १० । ओखलढुगामा बिहान ७ बजेबाट सुरु भएको मतदानमा जिल्लाका उम्मेदवारहरुले सुरुमा मतदान गरेका छन् ।ओखलढुगांमा प्रतिनिधि सभाका उम्मेदवार काँग्रेसका रामहरी खतिवडाले बिहान ८ बजेर १४ मनिेटमा मानेभञ्ज्याङ गाँउपालिकाको वडा नं ६ को जनता निमाबि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै एमालेका उम्मेदवार यज्ञराज सुनुवारले मोलङ गाँउपालिकाको शिबज्योती माबि मतदान केन्द्रबाट बिहान ७ बजेर १४ मिनेटमा मतदान गरेको उहाँले जानकारी दिनु भएको छ ।

त्यहाँ सुरक्षा स्थिती, त्यस्तै मतदाताको सहभागिता राम्रो रहेको जानकारी प्राप्त भएका ेछ ।
त्यस्तै प्रदेश सभा क का नेपाली कांग्रेसका उम्मेदवार मित्रसेन दाहालले मोलुङ गाँउपालिकाको बरुणेश्वर उच्च माबिको मतदान केन्द्रबाट मतदान गरेको जानकारी दिनुभएको छ ।
यस्तै अन्य उम्मेदवारहरुसँग सम्पर्क हुन सकेको छैन,
ओखलढुगांका प्रहरी प्रमुख अर्जुन तिमिल्सीनाले जिल्लामा अहिले कुनै त्यस्तो अप्रिय घटना नभएको र सुरुक्षा टोली जुनसुकै समयमा तैनाथ भैरहेको बताउनुभयो ।
उहाले मतदान केन्द्रको सुरक्षा ब्यबस्था मजबुत भएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

ओखलढुगांका १ सय ४१ मतदान केन्द्रमा यतिबेला मतदान भैरहेको छ । यो निर्बाचनमा १ लाख २ हजार २ सय ५० ले मताधिकार प्रयोग गर्ने निर्बाचन कार्यलययले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय