हिमाली सन्देश, सीसीटीभी अन्य जिल्लाको लागि खासै नौलो बिषय नभएपनि ओखलढुगांमा भने नौलो बिषय जस्तै बनेको छ । सीसीटीभी ओखलढुगांका सरकारी कार्यलयमा खासै प्रगोगमा भने आएको छैन । ओखलढुगांको कुनैपनि सरकारी कार्यलयमा प्रयोगमा नल्याएको सीसीटिभीलाई जिल्ला प्रशासनले भने कार्यलयका सबै गतिबिधिलाई चुस्त दुरुस्त होस भनेर जिल्लामा नै सरकारी कार्यलयबाटै पहिलो पटक सीसीटिभी जडान गरेर प्रमुख जिल्ला अधिकारीले आफ्नै कक्षबाट हरेक फाँटहरु नियाल्ने कार्य सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यलयमा सोमबार पत्रकारसँगै पुग्नु भएका सिद्धीचरण नगरपालिकाका उपमेयर इच्छाकुमारी गुरुङले सीसीटीभीको माउस थिचेर उद्यघाटन गर्नुभएको छ । उपमेयर गुरुङले सीसीटिभी जोड्दैमा कर्मचारी र अन्य ब्यक्तिबाट सबै काम पारदर्शी नभएतापनि यदी सीसीटीभीमा देखिएका त्यस्ता कानुन भन्दा बाहिरका काम कार्यलयका हाकिमले कडाइका साथ नियालेर सुशासनको पालना गर्न सके सबै काम पारदर्शी हुने बिश्वास ब्यक्त गर्नुभयो । आफु ओखलढुगां आएपछिको महत्वपुर्ण काम कार्यलयमा सीसीटिभी जडान गर्ने काम पुरा भएको ओखलढुगांका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । प्रजिअ पन्तका अनुसार ओखलढुगांका बिभिन्न मूख्य चोकमा पनि सीसीटिभी जोडिने छ । मुख्य चोक रमाइलो डाँडामा नागरिकको चहलपहल बाक्लो भएकाले सोही स्थानमा पनि राखिने तयारीमा आफु जुट्ने प्रजिअ पन्तको भनाइ छ । यस्तै ओखलढुगांको मुख्य कार्यलय सेवाग्राहीको बाक्लो उपस्थिती हुने ठाँउ, मालपोत कार्यलय, जिल्ला समन्यव समिति लगायतका बिभिन्न कार्यलयमा भने सीसीटिभी जोडिएका छैनन् । यता मालपोत कार्यलयमा सीसीटिभी नहुँदा बेला बेला कार्यलयका कर्मचारीहरुले बिभिन्न काम आफुले मिलाएको बहाना बनाँउदै पैसा लिने गरेको सेवाग्राहीहरुको गुनासो छ । मालपोत कार्यलयका प्रमुख कुलप्रसाद दाहाले भने कार्यलयमा सीसीटिभी आवश्यकता भएपनि माथिल्लो निकायबाटै केही ब्यबस्था नभएकाले कामकाज पारदर्शी राख्न आबश्यकता रहेको बताउनुभयो । आफु आएको तिनमहिना हुँदसम्म त्यस्तो कार्यलयका कर्मचारीले सेवाग्राहीलाई दुख दिएको कुनै गुनासो नआएको उहाँको दाबी छ । तर,यदी कार्यलयका कामकाज पारदर्शी बनाउने हो भने ओखलढुगांका मालपोतजस्तै अन्य जिम्मेवार कार्यलयहरुमा पनि सीसीटीभीको आवश्यकता देखिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित