तेह्रथुम, असोज १६ । चिया वगानमा कामदार नहुँदा तेह्रथुममा लगाईएको १ हजार ४ सय रोपनी चिया बगान झाडीमा परिणत भएको छ ।
जिल्लाभरका किसानले व्यक्तिगत तवरमा लगाएको यति धेरै चिया कामदार नपाउँदा झाडीमा परिणत भएको हो । जिल्लाका व्यवसायिक चिया किसानले कामदार नपाउँदा वर्षेनी लाखौं रुपैंया गुमाईरहेको जिल्ला चिया शहकारी संघका अध्यक्ष शंकर खनालले बताउनुभयो । चियाको मुना प्रशोधन गर्ने उद्योगले कृषकलाई लामो समय सम्म भुक्तानी नदिने र मुना टिप्ने कामदार समेत नपाईने गरेकाले जिल्लाभरका किसानले लगाएको चिया झाडीमा परिणत भएको संघले जनाएको छ ।
यसअघि चिया वगानमा काम गर्ने र ग्रामिण क्षेत्रका धेरै युवा वैदेशिक रोजगारमा गएपछि चिया खेतीमा कामदार अभाव चुलीएको चिया तथा कफी विकास वोर्ड सोल्माले जनाएको छ । तेह्रथुमका ३ सय किसानले ३ हजाुर ८ सय रोपनी क्षेत्रफल जमिनमा चिया खेती गर्दै आएका छन् ।
श्रोत इकान्तिपुर