गरे के हुन्न निरन्तर लागि पर्नु पर्ने हुन्छ एक दिन सफलता हासिल गर्न सकिन्छ । एक शेर्पा युवा आफ्नो समुदायको युवा, महिला, अग्रजहरुलाई कार्यक्रममा कसरी बोल्ने बोल्दा के कुरामा ध्यान दिने भनी जनचेतना फैलाउन लागि परेका छन । यी युवा हुन आङ दोर्जी शेर्पा, रियाङ एकेडेमीका संचालन हुनुहन्छ ।
युवा वर्ग र समुदायका अग्रज व्याक्तित्वहरुलाई मासमा बोल्न उदघोषण सम्बन्धि ज्ञान दिनका लागि शनिवार १३ गते शेर्पा संघसस्थाहरुका प्रतिनिधिहरु बिचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम एमडि रेष्टुरेण्ड अत्तरखेलमा विहान ८ बजेबाट सुरु हुने आङ दोर्जी शेर्पाले जानकारी दिएको छ ।
मासमा बोल्न र उदघोषण कसरी गर्ने भन्ने विषयमा जानकारी दिन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रमा शेर्पा कलाकार संघ, श्यामा शेर्पा किदुक, भोजपुर शेर्पा किदुक, युल्तेन शेर्पा किदुक, खोटाङ शेर्पा किदुक, हत्केला समाज, व्याइटिपि नेपाल लगायतका संघसस्थाहरु सहभागी हुनेछन । भने रियाङ एकेडेमीमा उदघोषण तालिम लिएका प्रशिक्षर्थीहरुले प्रस्तुती दिनेछन ।
प्रशिक्षर्थीहरुमा पेमा छोटी शेर्पा, पेम्बा शेर्पा, दाजाङमु शेर्पा, कर्साङ शेर्पा, गिर्मे शेर्पाले प्रस्तुति दिनेछन । प्रशिक्षर्थीहरु विद्यार्थी, निमार्ण व्यावसाही, संघसस्थाका प्रतिनिधिहरु रहेका छन ।
समुदायमा जनचेतना फैलाउन र मासमा कसरी बोल्ने भन्ने विषयमा जानकारी दिनका लागि यो कार्यक्रम आयोजना गरेको हो । गत पौष २९ गते शेर्पा युवाहरुबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय