तेह्रथुम, असोज १४ । जिल्लाको लालीगुराँस नगरपालिका–५, दांगपाबाट दसैंमा गोरु काटेको आरोपमा २ जना पक्राउ परेका छन् । एक जना फरार रहेका छन् ।
दांगपाको ढुंगेमा गोरु काटेर खाएको आरोपमा सोही स्थानका २८ वर्षीय पेमछिरी शेर्पा र छथर गाउँपालिका–६ सुदापका ४२ वर्षीय फुर्तुङ शेर्पालाई पक्रेको तेह्रथुम जिल्ला प्रहरीले जनाएको छ ।
गोरु काट्ने मुख्य व्यक्ति २५ वर्षीय पासाङ शेर्पा भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पेमछिरी र फुर्तुङ सहयोगी रहेको र पासाङ भने गोरु काट्ने मुख्य व्यक्ति हुन् । उनीहरूले फूलपातीको दिन ढुंगेको जंगलमा गोरु काटेर घरमा लगेर खाएको बताएका छन ।
श्रोत तिब्रखबर