ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं-5 साबिकको खिजिफलाटे गाविस वडा नं-4 जिरिखार्कमा जन्मिनु भइ हल काठमाडौ मह नगरपालिका वडा नं-3 थाली ढांछीमा बस्दै आउनुभएका ङावा शेर्पा विगतको दिनदेखी ट्रेकिङ व्यवसाय सँगै समाजसेवामा लागिपरेका छन। शेर्पाले ओखलढुंगा खिजिदेम्बा-5 निभारेमा रहेकोे श्री जन ज्योति आधारभूत विद्यालयमा रहेको -117 जना विद्यार्थीहरुलाई कापीकलम वितरण सँगसँगै उक्त विद्यालयका सबै शिक्षक र कर्मचारीहरुलाई समेत मायाको चिनो वितरण गरेको विद्यालयका प्रधानध्यापक आङ याङ्डी शेर्पाले बताउनुभयो।

विगतको दिनदेखि ट्रेकिङ व्यवसायमा लागिपरेकोले उक्त व्यवसायबाट आएको टिप्स र पारिश्रमिक भत्ताबाट आर्थिक स्रोत जुट्याइ विद्यालयलाई सहयोग वितरण गरेको सहयोगी शेर्पाले बताउनुभयो। विद्यार्थीहरुको पढाइमा हौसला र लगाव बढाउनका लागि सहयोग गरेको समेत शेर्पाले जनाइएको छ। यस अघि शेर्पाले लमजुङ जिल्लाको बुलबुलेमा 10 कोठे विद्यालय भवन र खानेपानी निर्माण गर्न,लमजुङकै सिरुङमा 13 कोठे विद्यालय भवनको ग्राउन्ड र पलस्टार त्यसैगरी खुदीमा गुम्बा निर्माण लगायत अन्य थुप्रै ठाउँमा सहयोग गरेको जनाइएको छ।

आफूले राम्रोसंग शिक्षा ग्रहण गर्न नपाएको पीर र व्यथालाई मध्यनजर गर्दै सा-साना विद्यार्थीहरुलाई सहयोग गरेको बताउने गर्नुहुन्छ।यस अघि शेर्पाले खिजिदेम्बाकै स्रोतकेन्द्र खिजिफलाटेको फुलमती माध्यमिक विद्यालयलाई समेत -3 वर्ष सम्म सहयोग गरेको थियो।शेर्पा आगामी दिनहरूमा समेत श्री जन ज्योति आधारभूत विद्यालयलाई महत्त्वपूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत गरेको विद्यालय परिवारले जनाइएको छ।निरन्तर साथ र सहयोग गर्दै आउनुभएका ङावा शेर्पाले विद्यालयका विद्यार्थी र शिक्षक,अभिभावकले भव्य रूपमा स्वागत गर्दै सहयोगको आशा निरन्तर गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय