काठमाडौं, कार्तिक ५ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को ३९ औ अधिवेशनमा युवा पर्यटन व्यावसायी संगम शेर्पाले महासचिब पदका लागि उम्मेद्वारी दिने भएको छ ।

अक्टोवरको २९ तारिखमा हुन लागेको अधिवेशनमा शेर्पाले उम्मेद्दारी दिएका हुन । २३ बर्ष देखि पर्यटन क्षेत्रमा रम्दै आएको शेर्पा दिगो पर्यटन विकासको निम्ति निरन्तर रुपमा लागि परेका छन ।
नेपालको पर्यटन क्षेत्रलाई गुणस्तरिय बनाउन, टानमा भएको आन्तरिक समस्यालाई निर्मुल गर्न,टिम्स कार्डको समस्यालाई समाधान गर्न, आन्तरिक तथा बह्र्य पर्यटकलाई नेपाल प्रती आकर्षक गराउन र युवाहरुलाई पर्यटन क्षेत्रमा अग्रसर गराउनका लागि उम्मेद्दारी दिएको शेर्पाले हिमाली सन्देश डटकमलाई जानकारी दिनु भएको छ ।

को हुन् संगम शेर्पा ?
ताप्लेजुङ् जिल्ला मैवा खोला गाउपालिका वडा न ४ सागुमा जन्मिएका सँगम शेर्पा पेम्बा हिमालयन लेजेण्ड ट्रेक प्रालीका संचालक, अर्गानिक फाम हाउस कपनका सन्चालन हुन भने शेर्पा पर्यटन व्यावसयी संघका महासचिब पनि हुन ।
२३ बर्ष पर्यटन क्षेत्रमा जीवन बिताएका शेर्पाले पर्यटनको सुरुवात भरिया, पदप्रदशक हुँदै हाल पर्यटन व्यावसयी हुन सफल भएका छन ।
नेपालको पर्यटन व्याबसायलाई दिगो रुपमा सन्चानल गर्न लागि परेका शेर्पाको पर्यटन क्षेत्रमा लामो अनुभव रहेको छ ।

प्राङरिक कृषि पर्यटनका अभियान्तको रुपमा परिचित सँगम शेर्पाले देशको सर्वागिण बिकास नै यहाँबाट सुरु गर्नु पर्ने बिशेष एजेन्डाका साथ मैदानमा उत्रेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय