काठमाडौँ, माघ ६ । शेर्पा फर चेन्जले डाक्टर भावना तामाङसँग अन्तरक्रिया कार्यक्रम पासाङ ल्हमु वाल क्ल्यमिक सेन्टर सुकेधारमा सम्पन्न गरेको छ ।
शेर्पा युवाहरुलाई जनचेतना अभिबृद्धि गराउनका लागि शेर्पा फर चेन्जले मासिक रुपमा विभिन्न विषयमा विज्ञता हासिल गरेका वा संघर्ष गरि सफल भएका व्याक्तिहरुसंग अन्तरक्रियात्क कार्यक्रम आयोजना गर्दै आइ रहेको छ ।
डाक्टर भावना तामाङको जिवनी डाक्टर बन्नका लागि गरेको संघर्षलाई शेर्पा युवाहरु माझ ल्याउनका लागि र संघर्ष गरे अवस्य सफलता हासिल गर्न सकिन्छ भनी जानकारी दिन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको शेर्पा फर चेन्जकी कार्यक्रम संयोजक छिरीङ निमा शेर्पाले जानकारी दिइन ।


शेर्पा फर चेन्जले युवाहरुको व्याक्तित्व विकाश सम्बन्धि कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रममा १८ जना सहभागी भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय