हिमाली सन्देश दक्षिण कोरिया । दक्षिण कोरियामा यसबर्षपनि विगतमा झैं लोसार कार्यक्रम आयोजना हुने भएको छ । शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा ल्होसार सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको हो । काेरियालि नयाँ बर्ष सलनालको विदाको अवसरमा ल्होसार कार्यक्रम आयोजना गर्ने तयारी भएको संघका बरिस्ठ उपाध्यक्ष पासाङ नाेर्बु शेर्पाले जानकारी दिए । ‘ल्होसार विशेष सांस्कृतीक साँझ’ नाम दिएको कार्यक्रम राजधानी सोलमा २०१८ फरवरी १६ मा हुने जनाएको छ । डिजे के नन् काे वेजोड डिजेईङका साथमा स्थानीइ नेपाली कलाकारको समेत कार्यक्रममा प्रस्तुती रहनेछ । शेर्पा जातिको मौलिक संस्कृती झल्कने श्याब्रु लगायतका नृत्यले कार्यक्रममा विशेष स्थान पाउने नै छन् ।

 

भाषा, संस्कृती, कलाको संरक्षण र संस्कार, परम्परागत मान्यतालाई निरन्तरता दिने हेतुले बार्षिक रुपमा आयोजना गर्ने ल्होसार विशेष कार्यक्रमलाई वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका नेपालीहरुले विशेष चाडकै रुपमा सदुपयोग गर्ने गरेका छन् । आपसी भाइचारा, भातृत्वको माध्यमबाट विदेशमा रहेका शेर्पा र आम नेपालीहरुवीच भावनात्मक निकटताको लागि कार्यक्रमले विशेष भूमिका निर्वाह गर्ने आयोजक संस्थाका अध्यक्ष सेर साङवाे शेर्पाकाे भनाइ छ ।

त्यस्तै, संघले नेपाल शेर्पा संघको केन्द्रीय भवन निर्माणमा सघाउन आर्थिक सहयोग संकलन गर्ने, सीपमूलक कार्यक्रममा सहयोग गर्ने समेत निर्णय गरेको छ ।
वैदेशिक रोजगारीका क्रममा आ–आफ्नो काममा व्यस्त रहँदारहँदैपनि आफ्नो भाषा, संस्कती, संस्कर प्रति चासो दिई विभिन्न पहिचान जन्य कार्यक्रमहरु समुदायले आयोजना गरिरहेको र यसले विदेशमा समेत शेर्पाको बारेमा सकारात्मक सन्देश र प्रचार भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
संघले कार्यक्रम भव्य रूपमा सफल पार्न सबैसँग अपिल समेत गरेकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय