१७ पुस – दुधकोशी गाउँपालिका सोलुखुम्बुको नाम “माप्य दुधकोशी” राखिने भएको छ । लगातार ३ दिन चलेको दुधकोशी गाउँपालिकाको कार्यपालिक बैठकमा छलफलपछि गाउँपालिकको नाम परिवर्तन गरी “माप्य दुधकोशी” राख्ने सहमति जुटेको हो ।
गाउँपालिकाको नाम “खालिङ दुधकोशी” राखिनु पर्ने माग खालिङ समुदायेले गरेका थिए । तर गैर खालिङले उक्त नाममा बिरोध गरेका थिए । गाउँपालिकाको नयाँ नाम “माप्य दुधकोशी” का बारेमा समेत गैर खालिङ समुदायले असन्तुष्टी जनाएपछि प्रमुख बुद्धिकिरण राईले असन्तुष्ट पक्षको मागलाई समेत सम्बोधन गर्ने गरी “दुधकोशी माप्य” बनाउने बिषयमा आफू सकारात्मक रहेको बताए ।
गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मा
गाउँकार्यपालिकाको बैठकले दुधकोशी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मा राख्ने गरी सहमति जुटाएको छ । गाउँपालिकाका लागि आवश्यक भौतिक पूर्वाधार पर्याप्त हुने गरी वडा नम्बर ३ मा केन्द्र राख्ने निर्णय गरेको गाउँपालिका श्रोतले जनाएको छ ।
अहिले दम्कुमा अस्थायी कार्यालय स्थापना गरी दुधकोशी गाउँपालिकाले सेवा प्रदान गरिरहेको छ ।
सोलुखुम्बू समाचार बाट साभार