सोलुखुम्बू- सेरनिमा फाउण्डेशन नेपालले सोलुखुम्बुको तीन विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग स्वीटर, ह्वाइट बोर्ड साथै विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । सोलुखुम्बुको दुधकौशिका गाउपालिका अन्तर्गतका लोखिम ९ जनता मा.वि,चन्दनेमा रहेको चन्द्रकला आधारभुत विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष पुर्वा शेर्पाले जानकारी दिनुभयो । संस्थाका संस्थापक अध्यक्ष सेर्कु शेर्पाले विगत लामो समयदेखि विशेषगरी यो क्षेत्रको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उदेश्यले काम गरिरहेको र पछिल्लो समय अझ सामुहिक र संस्थागत रुपमा काम गर्न सहज हुने भएकाले फाउण्डेशनको स्थापना गरि कामहरु गर्दै आएको पनि सचिव निम्लेकी शेर्पाको भनाइ छ ।
कार्यक्रमका संयोजक तथा संस्थापक अध्यक्ष सेर्कु शेर्पाको नेतृत्वमा संस्थाका सदस्य फुनुरु शेर्पा र सचिव निम्लेकी शेर्पाले सामाग्रीहरु विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । सामाग्रीहरु जुटाउनको लागि इटलीबाट फ्रान्को जिर्बोदी ,अष्ट्रियाबाट कालुज र अष्ट्रिेलियाबाट लिनेन गर्डन सहयोग गरेका थिए । संस्थाले अहिले यस क्षेत्रका ८ वटा विद्यालयलाई खेलकुद र शैक्षिक क्षेत्रमा हेरिरहेको छ अझ सहयोग मिलेमा र आगामि दिन यसलाई विस्तार गर्दै लग्ने योजना भएको संस्थाको अध्यक्ष आङ फुर्वा शेर्पाले बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय