Advertisement


 

कर्मारिञ्जी शेर्पा,भाद्र ०८,रामेछाप, नेपाली हिन्दु महिलाले हरितालिका तीज विषेश उल्लासका साथ मनाएको छन् । देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बस्दै महिलाहरुले हरितालिका तीज मनाएको छन् । निराहार व्रत बसी महिलाहरु बिहानै देशभरी रहेका शिवालयमा पुगेर पुजाआजा गरिएको थियो । तीज पर्वमा पशुपतिनाथ लगायत शिव मन्दिरमा गई शिव–पार्वतीको पूर्जाअर्चना गर्ने चलन छ । तीज अवधिभर महिलाहरू रातो पहिरनमा सजिने गर्छन । काठमाण्डौको पशुपतिमा पुजाआजा गर्ने महिलाहरुको विहानैबाट भिड लागेको थियो । पशुपति दर्शन गर्न जानेका लागि विशेष व्यवस्था मिलाएको शुपतिक्षेत्र विकास कोषले जनाएको छ । शिवपुराणमा उल्लेख भएअनुसार पार्वतीले बाल्यकाल देखि नै महादेवप्रति भक्तिभाव राख्ने गरेको पाइन्छ । पार्वतीको कठोर निराहार व्रतका प्रभावले महादेव पति पाउन सफल भएको धर्मग्रन्थमा उल्लेख छ । हिमालयन पार्वतीले बिष्णुलाई कान्यदान दिना लगेको थाह पएर सखीले पार्वतीलाई हरण गरेर लुकाउँदा व्रत बसेकाले त्यसैको नामबाट यस व्रतको नाम ‘हरितालिका’ रहन गएको विश्वास छ । यसै अवसरमा ओखालढुङ्ग जिल्लाको खिजीदेम्बा गाउँपालिक वडा नं. ४ स्थित सेतीदेवी महदेवको मन्दिरमा पनि तिज बिशेष मेला सम्पन्न भएको छ । उक्त मेलामा नेपाली हिन्दु महिलाहरुको बिशेष उपस्थिती थियो भने नव निर्वाचित वडा सदस्य कमल प्रसाद न्यैपने सहित बिभिन्न संघ संस्थाको प्रतिनिधी,राजनितीक दल ,शिक्षक तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । त्यस्तै गरी रामेछापको उमाकुण्ड गाउँपालिकको गुम्देल, बाम्ती, प्रती, सोलुखुम्बुको लिखुपिके गाउँपालिकको भकाञ्जे, चौलखर्क, गोली तथा दोलखको जिरी,स्यामा लगयत देशै भरीको शिव मन्दिरहरुमा मेला लगेको छन् । पहिले पहिले तिज हिन्दु महिलाहरुले मात्र मनाए पनि हल नेपाल धर्मनिरपेक्ष भएपछि अन्य महिलाहरुले पनि अफ्नै तरिकले मनाएको पाईन्छ । हिमाली क्षेत्रमा शेर्पा महिलाहरु पनि तिजमा गएर रामइलो गरेको पाईन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय