काठमाडौं, असोज १३ । ध्वनी प्रदुषण बढेको भन्दै प्रदेश नम्वर एकमा ढुवानी र सवारी साधन माथि गरिएको हर्न निषेधको निर्णय अव्यवहारिक भएको भन्दै पहाडी रुटका चालक र तिनका सहयोगीले फिर्ता लिन आग्रह गरेका छन् ।
ट्राफिक प्रहरीले गति नियन्त्रण तथा ध्वनी प्रदुषण कम गर्न भन्दै काठमाण्डौं र पोखरा पछि एक नम्वर प्रदेशमा पनि असोज एक गतेबाट सवारी र ढुवानीका साधन चलाउादा आकस्मिक अबस्थामा बाहेक हर्न बजाउन नपाइने नियम लागु गरेको छ ।
फराकिला सडक भएका तराइका जिल्लामा यस्तो नियम केहि हदसम्म व्यवहारिक भएपनि पहाड र हिमाली भूगोलका घुमाउरा र अत्यन्तै साागुरा सडकमा हर्न नबजाउँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै चालक र तिनका सहयोगीले हर्न निषेधको निर्णयमाथि पुर्नविचार गर्न आग्रह गरेका हुन । सडकमा छोडिएका चौपाया र फूटपाथ विनाका सडकमा यो नियम अत्यन्तै अव्यवहारिक रहेको उनिहरुको भनाई छ ।

हर्न निषेधको नियम उल्लघंन गर्ने सवारीलाई एकहजार पााचसय रुपैयाासम्म जरिवाना गर्ने नियम ट्राफिक प्रहरिले बनाएको छ । तत्कालका लागि यो नियम अव्यवहारिक लागे पनि सवारीको गति नियन्त्रण भइ दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने ट्राफिक प्रहरीको दावी छ ।
श्रोत इकातिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय