शिक्षा क्षेत्रमा विद्यार्थीहरुको व्यापकता, बैज्ञानिक, व्यावहारिक संघीय शिक्षा प्रणाली आजको आवश्यकता भन्ने मुल नारा सहित नेपाल शेर्पा विद्यार्थी संघको ११ औ“ राष्ट्रिय महाधिबेशन कार्र्तिक २५ गते शनिबार ज्योति पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । महाधिवेशनका लागि विभिन्न जिल्लाहरुबाट प्रतिनिधी परिवेक्षकहरुको सहभागी हुने संस्थाका कार्यवहाक अध्यक्ष साङगे मिङमा शेर्पाले बताउनुभयो । २०५० सालमा स्थापना भएको नेपाल शेर्पा विद्यार्थी मञ्च विशुद्ध सामाजिक संस्था हो । २०७३ सालमा यसलाई मञ्चबाट संघमा परिवर्तन गएिको हो । शेर्पा विद्यार्थी साथै सिंगो शेर्पा समुदायको हक, हित अनि अधिकारको लागि सदैव अग्रसर रहेको कुरा छ । विश्व आधुनिकिकरण स“गै विस्तारै लोप हु“दै गईरहेको शेर्पा भाषा, धर्म, संस्कृति, परम्परा आदिको जगेर्णा गर्दै शैक्षिक क्षेत्रमा शेर्पा विद्यार्थीहरुलाई अग्रसर गराउने उद्देश्यका साथ नेपाल शेर्पा विद्यार्थीसंघद्वारा प्रत्येक वर्ष विभिन्न रचनात्मक तथा सांस्कृतिक कार्यक्रम, खेलकुद, छात्रावृत्ति तथा विभिन्न अन्तरकृया कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले वार्षिक रुपमा पुस्तकहरुको प्रकाशन गर्दै आइरहेको छ ।
Source:sherpa sanchar