मोरङ पथरी- सबै तिर पहिचानको कुराहरु उठिरहेको बेला जातिय पहिचान र एकताको निम्ती काम गर्दै आएको नेपाल शेर्पा संघको केही महिना अगाडी मात्रै समाज सेवी मिसन शेर्पाको अगुवाईमा पथरीशनिश्चरे नगर तर्दथ समिति गठन गरेका थिए । हाल तर्दथ समितिको अध्यक्ष समेत रहेको फुर्वा शेर्पा मोरङ जिल्ला अध्यक्ष बने पछी खालि रहेको अध्यक्षको लागि समेत कडा प्रतिस्प्रधा हुने देखिन्छ ।त्यसैले नगर कार्य समितिको अधिवेशन गरेर नया कार्य समिति नर्विाचित गरेर संघको काम कार्य अगाडी बढाउने गरी उत्त अधिवेशन सम्पन्न गर्नको निमित्त आयोजक कमिटी समेत बनाएको कुरा समाज सेवी मिसन शेर्पा बताए ।
आयोजक कमिटीमा नगर तर्दथ समितिका उप–अध्यक्ष श्री सान्त माया शेर्पाको संयोजगत्वमा ५ जना रहेको छ, सदस्यहरुमा पासाङ शेर्पा पिनासा, फुर्तेन्जी शेर्पा, सुम्बा शेर्पा ,मणि सुन्दर शेर्पा ,रहेका छन् ।
त्यसै गरी अध्यक्षको दाबेदारहरुमा फुर्वा शेर्पा पिनासा, फुर्तेन्जी शेपा, मिङमा दिकी शेर्पा आदी रहेका छन । सके सम्म सहमतिको आधारमा गर्ने नभए निर्वाचनबाट गरिने आयोजकले जनाएको छ ।
अधिवेशन यही २०७४।१०।०५ गते गर्ने निर्णय गरेको कोष–अध्यक्ष तेन्जी शेर्पाले जानकारी गराए ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित