पौष १५,२०७४
सोलुखुम्बु ।
प्रतिनिधि सभा सदस्य माननिय सांसद हेमकुमार राई सुरवीरले जनचाहान अनुरुप काम गर्ने बताउनुभएको छ । उहाँले जनचाहाना र भावनाको कदर गर्दै सदैव उहाँहरुको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कुलुङ जातिको संस्कृतिको संरक्षण गर्ने र निर्वाचनका बेला उठाएको एजेण्डामा क्रमशः काम गर्दै जाने उल्लेख गर्नुभयो ।
प्रथम महाकुलुङ महोत्सवको औपचारीक उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद राईले महाकुलुङ क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । प्रदेश सभा सदस्य द्धय माननिय उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारीले सम्बोधन गर्दै कुलुङ समुदायको माग पुरा गर्ने जनाएका छन् । सामाजिक सेवाका लागि आफुहरुले राजनिती गरेको भन्दै सडक, खानेपानी, विद्युत तथा पर्यटकीय प्रर्वद्धनमा आफुहरुले विशेष पहलकदमी लिने उल्लेख गर्नुभयो । आज देखि महाकुलुङ गाउँपालीका बुङमा प्रथम महाकुलुङ महोत्सव सुरु भएको छ । महोत्सवको सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर)ले उद्घाटन गर्नुभयो ।
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले अझै पनि स्थानीय स्तरमा उत्पादित कृषि उपजहरुको बजारीकरण गर्न नसकिएको बताउनुभयो । उहाँले सास्कृतिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको महाकुलुङ क्षेत्रमा विकासको धेरै काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका अध्यक्ष वीरकुमार राई, एमाले अध्यक्ष मानवीर राई, माओवादी केन्द्रका सहसंयोजक धु्रब शर्मा पराजुली, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, दुधकौशिका गाउँपालिकाका अध्यक्ष असिम राई लगायतले सम्बोधन गर्नुभयो । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीको अध्यक्षतामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सहित हुन लागेको पहिलो महाँकुलुङ महोत्सवमा महाकुलुङबासी सहित जिल्लाका विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ । प्रतियोगितात्मक कार्यक्रम भोली देखि सुरु हुने छ ।
कुलुङ समुदायको महान पर्व मिनाम्री दाचाम चासुम्लो ऐलेदोङ ५ हजार ७८ को अवसरमा शुभकामना आदनप्रदान संगै विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम पुस १७ गते सम्म सञ्चालन हुने छ ।
-सोलु एफएम, सोलुखुम्बु
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित