असोज, ७ । तेस्रो चरणको निर्वाचन अन्तरगत वीरगञ्ज महानगरपालिका, ३ उपमहानगरपालिका सहित २६ स्थानीय तहको अन्तिम नतिजा आउन बांकी छ । सप्तरीको राजविराज नगरपालिकाबाहेक अन्य स्थानमा मतगणना भईरहेको छ । वीरगञ्जमा कांग्रेस, बाराको कलैया र जितपुर–सिमरा दुवै उप–महानगरमा एमाले र धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता बनाएको छ । मतगणना भईरहका स्थानमध्ये ८ स्थानमा कांग्रेस, ६ स्थानमा एमाले, ५ मा माओवादी केन्द्र, ४ मा राजपा र ३ स्थानीय तहको प्रमुख पदमा संघीय समाजवादी फोरम नेपालले अग्रता बनाएका छन् । गत असोज २ गते निर्वाचन भएका १ सय ३६ स्थानीय तहमध्ये हालसम्म १ सय १० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । घोषित अन्तिम नतिजाअनुसार कांग्रेसले ३३ स्थानमा जित निकाल्दै आफ्नो अग्रता कायम राखेको छ । यस्तै संघीय समाजवादी फोरमले २१, माओवादी केन्द्रले १९, राजपाले १८ र एमालेले १३ स्थानको प्रमुख पदमा जित निकालेको छ । नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानमा जित हासिल गर्दा नयाँ शक्ति नेपाल, नेपाली जनता दल लगायत ३ स्थानीय तहमा विजयी भएका छन् । यसैबीच प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा कांग्रेस उम्मेदवारले प्रमुख र उपप्रमुखमा अग्रता कायम राखेका छन् । कांग्रेसका अजयकुमार द्विवेदीको ८ हजार १ सय १२ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा शान्ति कार्कीको ९ हजार ३ सय ४० मत ल्याउनुभएको छ । संघीय समाजवादी फोरम नेपालका विजयी सरावगीको ७ हजार ९ सय ५७ र उपमेयर पिंकी यादवको ७ हजार ७ सय ३२ मत रहेको छ । राजपाका राजेशमान सिंहको ५ हजार ८ सय ५९ र उपमेयर रम्भा मिश्रको ५ हजार २० मत रहेको छ । ८४ हजार भन्दा बढी मत खसेकोमा हालसम्म झण्डै ३५ हजार मतमात्र गणना भएको छ ।
श्रोत इकान्तिपुर

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय