तराईमा भएको जनधनको क्षतिमा सहयोग गर्न वृहत सांगितिक कार्यक्रमका साथै राहत संकल हुने भएको छ । जि स्टार इभेन्ट तथा यु पी एक एण्ड सिनेमाको संयुक्त आयोजनमा यहि भादौ १७ गते मण्डला पार्टी प्यालेस कपनमा हुन लागेको कार्यक्रममा चर्चित गायक रोज मोक्तान, चर्चित टेलिभिजन शो नेपाल आइडलका जर्ज काली प्रसाद बास्कोटा, मीना निरौला, विश्व दोङ हस्यकलकार इकु, विकु थोकर, गयकहरु सरस्वती लामा, आसुशेन लामा सोनाम शेर्पा लाक्पा शेर्पा अमोद, दावा के शेर्पा, छिरिङ शेर्पा, निशा तामाङ को साथमा स्थानिय कलाकार डोमा शेर्पा तथा छोदेन शेर्पाको प्रस्तुति रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई सफल पर्न टिकट किनि सहयोग गर्न पनि आयोजकले अनुरोध गरेको छ भने इच्छुक सहयोगीहरुले बाढीपिडितहरुका लागि लत्ताकपडा तथा खाद्यान्न सामाग्री यसै कार्यक्रमका दिन सहयोग गर्न सकिने जनएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय