माग १८ गते २०७४–पछिल्लो समय सोलुखुम्बुमा बन फडानी भएको व्यापक आवज उठेपछि जिल्ला बन कार्यालय सोलुखुम्बुले पत्रकार भेटघाट तथा अन्तरक्रिया गरेको छ । कार्यालयले काठ कटानी देखी निकासी सम्मको प्रक्रियाको बारेमा जानकारी दिने उदेश्यकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
पछिल्लो समय सांसद देखी सर्वसधरण नागरिकले समेत सोलुखुम्बुमा बन फडानी बढेको प्रति चिन्ता व्यक्ति भएको समाचार बाहिर छ । उक्त समाचारको आधारमा पत्रकार समक्ष बनको प्रकार, त्यसबाट निकासी गर्ने प्रक्रिया लगाएतको बिषयमा जानकारी गराईएको हो । जिल्ला बन कार्यालयले अहिले सम्म बिना प्रक्रिया रुख कट्ना तथा निकासी गर्न अनुमती नदिएको जिल्ला बन कार्यालय सोलुखुम्बुका प्रमुख मेघराज राईले बताउँनुभयो ।
कहि कतै कसैले नियम विपरित काम गरेको पाईएमा त्यसलाई कानुन बमोजीम कार्वाही गरिएको पनि बनअधिकृत राईले बताउनुभयो । विभिन्न व्यक्तिहरुले रुख कटान बढेको भन्दै अनुमती नदिन दवाव समेत आएको वहाको भनाई छ । नेपालको संविधान अनुसार निजि बनको रुख कट्न तथा बेच्नको लागि जिल्ला बन कार्यालयले कुनैपनि हालतमा रोक्न नसक्ने अधिकृत राईले बताउनुभयो । बर्तमान कानुन अनुसार बन कार्यालयले रोक्न खोजेमा सम्पत्तिको हक अन्तरगत मुद्दा खेप्नुपर्ने भएकाले आफुहरुले कुनैपनि हालतमा नियमसंगत आएको निवेदनलाई रोक्न नसक्ने बतउँनुभयो ।

सोलू एफएम

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय