मलेसिया । बुद्ध राष्ट्र नेपाल अभियानका लागि मलेसिया रहेका बौद्ध मार्गीहरुले बुद्ध राष्ट्र नेपाल अभियानको नाममा संस्था गठन गर्ने भएका छन् ।
संस्था गठन गर्नका मुख्य उदेश्य भने एसियाका तारा, राष्ट्र बिभुती तथा महामानव गौतम बुद्धका शिक्षा,ज्ञानलाई संरक्षण गर्नका लागि र गौतम बुद्ध जन्मेका भुमी नेपालका नेपालहरुले दिन प्रतिदिन भुल्दै गएको अवस्थालाई मध्यनजर राखी प्रत्येक नेपालीहरुले गौतम बुद्धले दिनु भएको ज्ञानका शिक्षालाई जीवन्तमा दिनका लागि भएको अगुवा सोनाम नोर्बु तामाङले बताए । तामाङका अनुसार समाज परिवर्तनका लागि धर्म र संस्कृतिको अहम् भुमिका भएको हुनाले हृदयदेखि परिवर्तन गरि मनतनले बुद्धका वचनलाई मनन गर्नुपर्ने र नयाँ पिढीलाई पनि यसबारे ज्ञान बाँढनु पर्ने हुँदा अभियानलाई बृहत बनाउदै सभ्य र विकसित नेपालको कल्पनाका निम्ति संस्था स्थापना अपरिहार्य रहेको बताएका छन् ।

संस्था स्थापनपछि प्रत्येक नेपालीहरुको मनमा देश,समाज र भाबी पुस्ताको उज्वल भबिष्यको लागि केही गर्नुपर्छ ? भन्ने भावना जागृत होस् भन्ने उदेश्यका साथ स्वदेश तथा बिदेशमा रहेका तमाम नेपालीहरुलाई एकै ढिक्का बनाएर अभिप्रेरित गरेका छन् । नेपालका ७७ जिल्लाहरुमा गौतम बुद्धका १ सय ८ फिटका मुर्ति प्रतिस्थापन गर्ने र गौतम बुद्ध जन्मेको भुमी नेपाललाई बुद्ध राष्ट्र घोषणा गर्नुपर्ने लगायतको संस्थाका योजना रहेको र जनवरी २१ सम्ममा संस्था गठन हुने समेत सामाजिक अगुवा पि.टि शेर्पा पिनासाले बताएका छन् ।
सैलुंग ऑनलाइन बाट साभार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय