हिमाली सन्देश ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं-३ खिजी चण्डेश्वरी पुठामा अवस्थित बुद्ध छोलिङ गुम्बामा प्राचीन धार्मिक सामुहिक नृत्य मणि छोकुर सप्पन्न भएको छ। बौद्ध परम्परा अन्तर्गत रही सो गुम्बामा बिगतको वर्षबाट सुरुवात भएको मणि छोकुर नाच यसवर्ष अझ व्यापकता रूपमा सप्पन्न गराइएको आयोजकले जनाइएको छ।
कार्यक्रमको अवसरमा शेर्पा समाजबाट शेर्बु नृत्य समेत देखाइएको थियो। साथै खिजिदेम्बा -५ जिरिखार्क निवासी आङ कामी शेर्पा लामाले गुरु पत्मसंम्भको मुर्ति र खिजिदेम्बा -३ पुठा निवासी ङावा शेर्पाले बौद्ध परम्परामा अति आवश्यक पर्ने साङलिङ गुम्बालाई हस्तान्तरण गर्नुभएको गुम्बाका प्रमुख लामा ङवाङ टाक्पा लामाले बताउनुभयो । गुम्बाको लागि महत्त्वपूर्ण भौतिक साथ र सहयोग दिनुहुने दुई शेर्पालाई कार्यक्रमको अवसरमा सम्मान समेत गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष रिन्जी शेर्पाले जनाइएको छ।
प्राचीन धर्मिक सामुहिक नृत्य मणि छोकुर कार्यक्रम खिजिदेम्बा-३,४ र ५ वडाका स्थानीय बसिन्दा,राजनीतिक दलका प्रतिनिधि लगायत करिब २५० जना भन्दा बढीको बाग्लो उपस्थिति रहेको थियो।