Advertisement


शेर्पा फुदोउजिन ल्याङ्ग्वेज एण्ड ट्रेनिङ्ग सेन्टरले आज शेर्पा युबाहरु माझ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न भाषा तथा ट्रेनिङ् हरु प्रदान गर्दै आएको यस ल्यङ्ग्वेज एण्ड ट्रेनिङ्ग सेन्टरले शेर्पा भाषा अध्ययन गर्दै गरेका ३१ जना शेर्पा विद्यार्थीहरु संग शेर्पा भाषा पढ्दै गर्दा के कति सकारात्मक परिबर्तन आए र आगामी दिनमा कसरी आगडी बढदा उच्चतम प्रतिफल प्राप्त गर्न सकिन्छ भनेर समिक्षा गर्न उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको ल्यङ्ग्वेज एण्ड ट्रेनिङ्ग सेन्टरका CEO जम्बा शेर्पाले जानकारी दिनुभयो ।
शेर्पा समुदायमा पहिलो पटक निजि क्षेत्रबाट शेर्पा भाषा सिकाउदै आएका शेर्पा फुदोउजिनको अन्तरक्रिया कार्यक्रम मिस शेर्पा २०१७ को बिजेता सोनाम डोल्मा शेर्पा को प्रमुख आतिथ्यमा सप्पन्न भएको हो । मितिनी क्याफे बौद्धमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित शेर्पा भाषा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले मिस शेर्पा २०१७ का बिजेता संग आफ्नो जिज्ञासाहरु राख्ने प्रत्यक्ष मौका पाएका थिए । भने मिस शेर्पा सोनाम डोल्मा शेर्पाले शेर्पा भाषा महत्वपूर्ण रहेको र हरेक कुरा सहज रुपमा लिए सफल हुने भन्दै शेर्पा भाषा सिक्न समेत अप्ठ्यारो नमानी सहजरूपमा लिए चाडै सिक्ने भन्दै सम्पुर्ण विद्यार्थीहरुलाई शुभकामना ब्यक्त गरे ।

 

बिभिन्न रचनात्मक क्रियाकलाप सगै सम्पन्न अन्तरक्रिया कार्यक्रममा शेर्पा फुदोउजिन ल्यगग्वेज एण्ड सेन्टरले शेर्पा भाषा ,संस्कार संस्कृतिको ज्ञान र आफुमा भएको प्रतिभाको सम्मान गर्दै मिस शेर्पा २०१७ का उपाधि हात पार्न सफल सोनाम डोल्मा शेर्पालाई हार्दिक बधाई ज्ञापन गरेको थियो । बौद्ध फुलबारी स्थित शेर्पा फुदोउजिन ल्याङ्ग्वेज एण्ड ट्रेनिङ्ग सेन्टरमा विभिन्न जिल्लाबाट काठमाडौ आएर बसोबास गर्दै अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि लक्षित गरि हरेक शनिबार २ घण्टाका दरले शेर्पा भाषाको संरक्षण गर्ने हेतुले शेर्पा भाषा कक्षा संचालन गर्दै आईरहेको जानकारी शेर्पा फुदोउजिनका कार्यकारी निर्देशक नुरु शेर्पाले बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय