सोलुखुम्बु लक्षित वर्गको बजेट खोजी गर्दा सोलुदुधकुण्ड नगरपालीका १ टाक्सिन्दुका राजकुमार सुन्दास प्रहरी हिरासतमा पुगेका छन् । गत वर्ष साविकको टाक्सिन्दु गाविसबाट लक्षित वर्ग अन्तरगत दलित शिर्षकमा विनियोजन भएको बजेटबारे वडा कार्यालयमा जवाफ माग्दा प्रहरी हिरासतमा पुग्नुपरेको हो ।
सोलुदुधकुण्ड नगरपालीका १ टाक्सिन्दुले वडा कार्यालयमा सामाजीक सुरक्षा भत्ता वितरण, भुपकम्प गुनासो दर्ता, भुकम्प सम्झौताको काम गरेरहेको बेला कार्यालयमा पुगेका सुन्दासले वडा प्रमुख छोङ्बा लामा शेर्पा संग अघिल्लो बर्षको बजेट बारे प्रश्न गरेका थिए । वडा अध्यक्ष शेर्पालाई गत वर्षको बजेट बारे आफुलाई थाहा नहुने भन्दै वडा सचिव र सामाजीक परिचालकको थाप्लोमा लगाएको बुझिएको छ । वडा प्रमुख शेर्पाको जवाफ अनुसार वडा सचिव र समाजीक परिचालक संग बुझ्दा रकम फ्रिज भएको जानकारी पाउनसाथ बिबादले उग्ररुप लिएको सोलुखुम्बुका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी प्रदुम्न अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय राजकुमार सुन्दासले लक्षित बर्गको बजेट कामै नगरि फ्रिज गराएको भन्दै वडा सचिव र सामाजीक परिचालक माथि कार्यालयमानै आक्रमण गरेको भन्दै कार्वाहीका लागि प्रहरीमा उजुरु परेको छ । सामाजीक परिचालक र वडा सचिव माथि हातपात गर्न भ्याएका सुन्दासलाई सोही वडाका सदस्य उत्रमान राईले सम्झाउँदा उल्टै आक्रमण गरेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको वडा अध्यक्ष छोङ्बा लामा शेर्पाले जानकारी दिनुभयो ।
सोमबार दिउसो करिब २ बजेको घट्ना पश्चात वडा कार्यालयको सम्पुर्ण काम बन्द गरिएको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । आरोपित शेर्पालाई कानुनी कार्वाही नभएसम्म सम्पुर्ण सेवा बन्द गर्ने अध्यक्ष शेर्पाको भनाई छ ।
घट्नामा संलग्न सुन्दासलाई सार्वजानिक मद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको सोलुखुम्बुका प्रहरी निरिक्षक प्रदुम्न अधिकारीले जानकारी दिए ।
– सोलु एफ एम

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय