Advertisement


शेर्पा सञ्चार समूह नेपालले प्रत्येक बर्ष आयोजना गर्दै आएको शेर्पा भाषा उद्घोषाण तालिम यो बर्ष पनि सञ्चालन गर्ने भएको छ । विभिन्न जिल्लाबाट राजधानी काठमाडौ आई बसोबास गरेका शेर्पाले आयोजना गर्ने कार्यक्रम शेर्पा भाषामा नै सञ्चालन गर्नु पर्छ भन्ने मुख्य उदेश्यले तालिम सञ्चालन गरिएको हो ।त्यति मात्र नभइ शेर्पा युवाहरुलाई विशेष गरी भाषाको महत्व र यसको संरक्ष्ँणका निम्ति पनि यो कार्यक्रम एउटा आधारको लिन सक्न्छि । विश्वमा शेर्पा भाषा संरक्षणको विषयमा बहस चलिरहेको बेला यस्तो खालको तालिमले पनि केही हद सम्म भाषा संरक्षणमा टेवा पुग्ने आशा राखिएको तालिमका संयोजक पासाङ शेर्पा लामाले बताउनुभयो ।

तालिमको सहजिकरण हिमालयन शेर्पा संस्कृतिक केन्द्रका महासचिव तथा शेर्पा भाषा र संस्कृतिका क्षेत्रमा लामो समयदेखि अनुसन्धान समेत गर्दै आएका शेर्पा भाषाको कार्यक्रम उद्घोषक सेर्कु शेर्पाले गर्नुहुने आयोजकले जनाएको छ । तालिम अबधिमा शेर्पा समुदायका विभिन्न ब्यतिmहरुले जसले भाषाको क्षेत्रमा विभिन्न रुपमा काम गर्दै आएका छन उहा“हरुको पनि अनुभवहरू साट–साट समेत गर्ने लगाउने योजना रहेका संयोजक शेर्पाले जानकारी दिनुभयो । तालिम शेर्पा सञ्चार समूह नेपालको कार्यलयमा माघ ७ गते देखि २० दिन सम्म सञ्चालन हुने छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय