काठमाडौँ, असोज २५ । काठमाडौँमा पहिलो पटक भएको प्रथम विश्व शेर्पा सम्मेलनले जम्बुलिङ शेर्पा छोक्पाको गठन गरि नयाँ कार्यसमिति चयन गरेको छ ।

३ दिनसम्म काठमाडौँमा भएको विश्व शेर्पा सम्मेलनले सम्मेलनका संयोजक एव नेपाल शेर्पा संघका केन्द्रिय अध्यक्ष आङ दोर्जी लामा शेर्पाको अध्यक्षतामा ३३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिमा २२ देशका शेर्पा संघसस्था र किदुकका प्रतिनिधिहरुलाई समेटिएर लगेका छन । नेपालमा रहेको शेर्पा महिला संघ, शेर्पा युवा संघ, नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा संचार समुह नेपाल, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्षहरुलाई पनि समितिका सदस्यमा चयन गरिएको छ ।

प्रतिनिधिहरु नेपालबाट ८ जना, भारतबाट ८ जना, अमेरिकाबाट ४ जना,जापानबाट २ जना, र अन्य देशहरुबाट एकएक जना चयन गरिएको थियो ।


अक्टोवर ८ तारिकलाई शेर्पा डे भनेर नेपाल लगायत विश्वभर मनाउने निर्णय गरेको छ ।
विश्व भर छरिएर रहेका शेर्पाहरुको हकहित, कल्याणमा छोक्पाले कार्य गर्ने महासचिव पासाङ ग्याल्जेन शेर्पाले बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय