१३ भदौ २०७४– सोलुखुम्बुको दुधकुण्ड नगरपालीका ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा करिव साँढे ११ लाख रुपैयां बराबरको क्षती भएको छ ।
गएराती पासाङ डोमा शेर्पाको घरमा लागेको आगलागीबाट घर सहित घरभित्र रहेका सबै सरसामान नष्ट भएका प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । घरमा एक्लै रहेकी बृद्धा शेर्पा साँझ खाना खाएर आगो ननिभाई सुतेका कारण राती त्यही चुल्होबाट आगो शुरु भएको जनाइएको छ ।
भान्छाकोठाबाट आगलागी शुरु भएको थाहा पाएपछि बृद्धा शेर्पा निस्किएर भागेकोले मानवीय क्षती भने हुन पाएन । घर सहित सबै सरसामान नष्ट भएपछि अहिले बृद्धा छिमेकीको घरमा शरण लिएर बसेकी छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित