पुस ५, २०७४ सृष्टि सुनुवार, सल्लेरी सोलुखुम्बुमा ९ हजार ७ सय घरधुरीले निजी घर पुननिमार्णका लागि पहिलो किस्ताको लागि अनुदान सम्झौता गरेका छन् । ८ हजार २ सयले पहिलो किस्ता लिए पनि सोलुखुम्बुमा पुननिमार्णका कामले गति लिन नसकेको जिल्ला समन्वय समिति सचिवालय सोलुखुम्बुका प्रमुख मुरारी वस्तीले जानकारी दिनुभयो ।
पुननिमार्ण प्राधिकरणले खटाएका प्राविधिकहरु इन्जिनियर, सबइन्जिनियर, ओभरसियरहरु समयमै सम्वन्धित क्षेत्रमा पुग्न नसकेकोले कामले गति नलिएको उहाँको भनाई छ । प्राविधिक अभाव, सहरी विकास तथा भवन निमार्ण डिभिजनले सोलुखुम्बुमा कार्यालय स्थापना गर्न ढिलाई गर्नु, वंैंकिङ कार्यालयले जनशक्ति अभावका कारण समयमै पहिलो किस्ताको अनुदान रकम वितरण नगरिदिदाँ निजी घर निमार्णको कामले गति नलिएको वस्तीको भनाई छ ।
सोलुखुम्बुका लागि भनेर पुननिमार्ण प्राधिकरणले मंसिर २५ गते १५ जना प्राविधिक खटाएको भएपनि हाल सम्म केही संख्यामा मात्र प्राविधिक जिल्ला आएका छन् । एक नगरपालीका सहित ७ गाउँपालीका रहेको यस जिल्लामा हाल सम्म सोलुदुधकुण्ड नगरपालिका, खुम्बुपासाङल्हमु गाउँपालिका, नेचासल्यान गाउँपालिकामा प्राविधिक आएको वस्तीले जानकारी दिनुभयो ।
यसैबीच पुननिमार्णको काम अघि बढाउने सम्बन्धमा वस्तीले खुम्बुपासाङल्हमु गाउँपालिकामा पुगेर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, सम्बन्धित वडाका वडा सचिव, भुकम्प प्रभावित सगँ छलफल गरेको जानकारी दिनुभयो । उहाँले सबै सँग समन्वय गर्दै तिव्र गतिमा काम अघि बढाउनका लागि समन्वयात्मक भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।
पुन निमार्ण प्राधिकरणको वेवसाइटमा राखिएको पछिल्लो तथ्यांक अनुसार सोलुखुम्बुमा १६ हजार ७ सय ३७ घरधुरीमा सर्भे भएको थियो । जसमध्ये ११ हजार ९ सय ७९ जना लाभग्रहीको सुचीमा परेका छन् । प्रवलीकरण सुचिमा ४ सय ५६ जना लाभग्राही परेका छन् ।
Solufm
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित