हिमाली संदेश– सुवास दर्नाल/३१ असोज – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेकाहरुलाई मगंलबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरी पक्राउ परेका ३ जनालाई भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुदसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दुधकौशिका गाउँपालिका वडा नं ९ बस्ने २८ वर्षका धनवहादुर तामाङ, २० वर्षका बुद्धलाल तामाङ र ४६ वर्षका आसना तामाङ छन् ।

शनिबार दूधकौशीका गाउँपालिका ३, लोखिममा १३ वर्षका बालक टंकराम राईलाई गोली प्रहार गरी घाइते बनाउने तीन जनालाई अवैध बन्दुक र गोलीसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई सोलुखुम्बु जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते बालकको आइतबार काठमाडौं रेफर गरी त्रिवि शिक्षण अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । बालकको टाउको, ढाड र हातमा चोट लागेको छ ।

सोर्स:सोलुखुम्बू समाचार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय